Section 15
केन्द्रको मालसामानको बेच-बिखन

(१) दफा १० वा ११ बमोजिम भन्सार महसुल, बिक्रीकर, दस्तुर वा अन्तशुल्क छुट पाएको वा फिर्ता पाएको मालसामान केन्द्रले बेच–बिखन गरेमा वा बिना मूल्य हस्तान्तरण गरेमा त्यस्ता मालसामानको तत्काल कायम हुन आउने मोलमा प्रचलित दर अनुसार हुन आउने भन्सार महसुल, कर दस्तुर वा अन्तशुल्क नेपाल सरकारलाई बुझाउनुपर्नेछ ।

(२) दफा (१०) बमोजिम केन्द्रले पैठारी गरेको मालसामान मध्ये प्रतिबन्धित वा नियन्त्रित मालसामान केन्द्रको निमित्त आवश्यक नभई बेचबिखन गरिने भएमा त्यस्तो मालसामान नेपाल सरकारलाई वा नेपाल सरकारबाट स्वीकृत प्रदान गरिएको व्यक्तिलाई मात्र बेचबिखन वा हस्तान्तरण गर्न सकिनेछ ।